रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर छ, बरु म चुनाव लड्दिनँः राजन गौतम

1.03K
shares

रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर छ, बरु म चुनाव लड्दिनँः राजन गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी चुनावबाट सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने गरी क्रियाशील रहेको जनाएको छ ।

प्रदेशको तर्फबाट रिपोर्ट प्रस्तुत गर्दै सभापति राजन गौतमले आफू चुनाव नलड्न तयार रहेको तर लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर रहेको बताएका हुन् ।

‘एकपटक रवि लामिछाने प्रम बनाउने रहर छ । बरु म चुनाव लड्दिनँ’, उनले भने । उनले तनहुँ र चितवन उपनिर्वाचनले पार्टीलाई हौस्याएपनि इलाम उपनिर्वाचनले संयमित बनाएको बताए ।‘प्रदेश सञ्चालन खर्च गाह्रो छ, केन्द्रबाट सहयोग छैन’, उनले भने ।