राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेलामा कोशी प्रदेशको प्रतिवेदन प्रस्तुत

1K
shares

काठमाडौँमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेलामा कोशी प्रदेशको प्रतिवेदन प्रस्तुत भएको छ । प्रतिवेदन प्रस्तुत गर्दै प्रदेश सभापति राजेश तिमिल्सिनाले कोशी प्रदेशमा २५ हजार रास्वपा कार्यकर्ता रहेको उल्लेख गरे ।

उनले लेबी नियमित नआउँदा पार्टी चलाउन गाह्रो भएको भन्दै आर्थिक स्रोतको बारेमा सोच्न पर्ने बताए । साथै यस बिचमा पार्टी विस्तारमा सिथिलता भएको र बिचमा आकर्षण भन्दा विकर्षण बढी भएको उल्लेख गरे ।

भएका विभाग र समितिलाई विजनेस दिन नसक्दा समस्या भएको उनको भनाइ थियो । साथै उनले मिडियाबाट पार्टीलाई असहयोग भएको उल्लेख गरेर । राम्रा काम जनतासम्म पुराउन व्यापक प्रचार हुनुपर्नेमा उनले जोड दिए ।