राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा मात्र ७ हजार सदस्य
वि.सं.२०८१ असोज १ मंगलवार ०७:३३
1.26K
shares
shares

चितवनमा ७ हजार भन्दा बढीले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका छन् ।
मंगलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको राष्ट्रिय भेलामा बागमती प्रदेश सभापति डा अच्युतम लामिछानेले प्रदेशको समग्र रिपोर्ट पेस गर्दै चितवनमा ७ हजार र काठमाडौंमा ५ हजार बढी सदस्यता लिएका हुन् ।
भेलामा ३७ नगर, १ उपमहानर र २ उपमहानगरमा संगठन गठन गरिएको जानकारी दिँदै लामिछानेले चितवनमा ७ हजार र काठमाडौंमा ५ हजार बढी सदस्यता वितरण भएको बताए ।
यस्तै उनले युवाहरूको सक्रिय सहभागिताका लागि क्रियाशील रहेको पनि सो क्रममा बताए ।












