राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे आय व्यय प्रस्तुत ३ करोड ४० लाख वार्षिक आम्दानी
र
वि.सं.२०८१ असोज १ मंगलवार ०७:४२
1.03K
shares
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा कुल ३ करोड ४० लाख भन्दा बढी आम्दानी गरेको छ । सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य गरी सो पार्टीले आर्थिक वर्ष २०८०र०८१ मा ३ करोड ४० लाख ३१ हजार ६३४ रुपैयाँ आम्दानी गरेको हो ।
पार्टीको मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्दै सो जानकारी दिएकी हुन् ।
उनका अनुसार सदस्यता शुल्कबाट १ करोड ५१ लाख ५४ हजार ५०२ रुपैयाँ, चन्दाबाट १ करोड ११ लाख ३४ हजार ९०९, लेभीबाट ७७ लाख १८ हजार ३३३, ब्याज आयबाट १६ हजार १८९ र अन्य शीर्षकबाट ७ हजार ७०० रुपैयाँ आम्दानी भएको छ ।
सो पार्टीले आर्थिक वर्ष २०७८र०७९ मा ४ लाख १० हजार १० रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा ६ करोड १२ लाख ४४ हजार आम्दानी गरेको थियो ।












