रोमाञ्चक र ऐतिहासिक सिन्हा लाइब्रेरी

1.22K
shares

यात्रा संस्मरण

रोमाञ्चक र ऐतिहासिक सिन्हा लाइब्रेरी

 – स्वामी ध्यान आशिष

नेपालको पूर्वी तराई इटहरीमा भाद्र २९ गतेको बिहानी अल्ली शितल थियो । विहानैदेखि पानी परिरहेको थियो । विहानको मिठो खाना खाएपछि मैंले सद्गुरु ओशोको वहुत सुन्दर प्रवचन माला ध्यान सुत्रको अन्तिम शृंखला सुनें । यति सुन्दर प्रवचन थियो त्यो त्यसले मलाई दिनभरी नै एक अदभुत प्रभावित बनाइरहयो । ओशोका ति शब्दहरु मेरो मस्तिष्कमा दिनभरी नै गुन्जिरहे । त्यो प्रवचनले दिनभरी नै मलाई एक प्रकारको तृप्ति दिइरहयो । अनि मलाइ सिन्हा लाइब्रेरी, पटना जाने उत्कट इच्छाले घच्घच्यायो । सिन्हा लाइब्रेरीको बारेमा मैंले करिब २२ वर्षदेखि सुनिरहेको छु । भारतको बिहार राज्यको राजधानी पटना शहरमा रहेको सिन्हा लाइब्रेरी कस्तो होला ?

त्यो महान पुस्तकालय जहाँ त्यसताका आचार्य रजनिसको रुपमा भारतमा उदाएका ओशोको दुई पटकसम्म प्रवचन भएका थिए । त्यो कौतुहलता म सँग ब्याप्त थियो । सिन्हा लाइब्रेरीका ति भवनहरुले ति महान गुरुलाई देखेका थिए । ति भवनहरुले ति महान गुरुको प्रबचन सुनेका थिए । त्यो भूमी जहाँ ओशोको पाउ परेको थियो  ।

(स्वामी ध्यान आशिषको नामबाट परिचित ई.नवराज पौडेल ओशो सन्यासी हुन् । उनी शहरी विकास मन्त्रालयका उप सचिव हुन्)

यात्रा संस्मरण