शान्तिपूर्ण आन्दोलनमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की

1.24K
shares

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताएकी छन् ।

आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा लाठ्ठि चार्ज गरेर पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोललाई दमन गरेको बताएकी हुन् ।

उनले भनिन्, ‘पानीको फोहोरा प्रहार गर्नु, लाठ्ठि चार्ज गरेर शान्तिपूर्ण आन्दोलनको दमन गर्नु प्रहरी प्रशासनबाट यो हुनु हामीलाई जायज छैन । भुँईमा बसेर शान्तिपूर्ण तरिकाले आन्दोलन गरिराख्दा खेरी जसले विधिको शासन जोगाउनुपर्ने, सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै यसरी दमन हुन्छ भने हामी विधि भन्दा बाहिर गएको शासनलाई विधिभित्र ल्याउने काम गर्नेछौं ।’

साथै उनले बन्द भएका नाकाहरु तत्काल प्रहरी प्रशासनले खोल्नुपर्ने माग गरिन् । उनले घुसपैठ गरेर असभ्य, असक्षम कामहरु नगर्न प्रहरी प्रशासनलाई सचेत गराएकी छन् ।