पूर्वसभामुख दमननाथ ढुंगानाको आज अन्त्येष्टि गरिँदै
वि.सं.२०८१ मंसिर ३ सोमवार १०:३४
2K
shares
shares

पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि आज गरिँदै छ ।
पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा हिजो दिउँसो उनको निधन भएको थियो ।
कान्छो छोरा निमेष लण्डनमा रहेकाले र उनी आएपछि आज अन्त्येष्टि गरिने बताइएको छ ।
कलेजोको समस्याबाट पीडित ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन भएको थियो । ढुङ्गानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।











