प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)
वि.सं.२०८१ मंसिर ८ शनिवार १५:२९
2.08K
shares
shares

काठमाडौं । प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपालले जनप्रर्दशन तथा विरोध सभा गरेको छ ।
शनिबार माइतीघर मण्डलामा उनीहरुले प्यालेस्टाइनमाथि इजरायली जनसंहारकाविरुद्ध जनप्रर्दशन तथा विरोध सभा गरेका हुन् ।
मार्चको क्रममा उनीहरुले प्यालेस्टाइनमा नरसंहार बन्द गर, युद्ध विराम तुरुन्त घोषणा गर, युद्धका व्यापारीहरु मुर्दाबाद, इजरायललाई हतियार दिन बन्द गर, शक्ति भयो भन्दैमा प्यालेस्टाइन निल्न पाइदैँन्, प्यालेस्टाइन र इजरायल बीचको युद्ध बन्द गर, मनमा थोरै मानवता बोक युद्ध, अपराध तुरुन्त रोक र फ्रि प्यालेस्टाइनको नारा लगाएका थिए ।
तस्बिरहरु :













