एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

1.56K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएकोे छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार टस जितेर जनकपुर बोल्ट्सले फिल्डिङ रोजेको हो । जारी एनपिएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघिका दुबै खेलमा जनकपुर विजयी भएको छ ।

जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो

एनपिएलमा पोखरा एभेन्जर्सको यो दोस्रो खेल हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो ।

यस्तै, आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैँछन् ।

यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजै दिउँसो १ बजे सुरु हुनेछ ।