एनपिएल : पोखराद्वारा जनकपुर सामु एक सय ३९ रनको लक्ष्य प्रस्तुत

1.82K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले जितको लागि जनकपुर बोल्ट्ससामु एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ३८ रन बनाएकोे होे ।

पोखराको लागि मार्कस क्रिचले सर्वाधिक ३५ रन बनाए । उनले ३० बलमा एक छक्का र तीन चौका प्रहार गर्दै ३५ रन बनाएका हुन् । माइकल लीस्कले २५, एन्ड्रिज गौसले २०, रेमन रेफरले १७ र दिलीप नाथले ११ रनको योगदान दिए ।

पोखराको लागि दिनेश खरेलले १०, कप्तान कुशल भुर्तेलले ६ रन जोडे भने अविजित रहँददै नारायण जोशीले ५ र विपिन खत्रीले एक रन बनाए ।

पोखराले अतिरिक्त ८ रन प्राप्त गर्यो ।

जनकपुरको लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, जेम्स निशमले दुई, मोहम्मद मोहसिन र किशोर महतोले समान एक÷एक विकेट लिए । अहिले जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।