एनपिएलमा आज कर्णाली र चितवन, लुम्बिनी र पोखरा भिड्दै
वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०८:३०
1.6K
shares
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्सबीच प्रतिस्पर्धा हुने छ ।
कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ ।
चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ भने पोखरा र कर्णालीले दुवै खेल हारेको छ ।
लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।













