एनपिएलमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित, काठमाडौं ७३ रनले पराजित
वि.सं.२०८१ मंसिर २० बिहीवार १६:१९
shares

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको हो । सुदूरपश्चिम रोयल्सले जितको लागि दिएको एक सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ गुर्खाज १५ दशमलव ५ ओभरमा ९४ रन बनाउँदै अलआउट हुन पुग्यो ।
काठमाडौँका लागि स्टीफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा एक छक्का र पाँच चौकाको मद्धतले ३७ रन बनाएका हुन् । यस्तै, सुमित महर्जनले १४, भीम सार्की र गेर्हार्ड इरास्मसले समान १०/१० र प्रतिक श्रेष्ठले ८ रन बनाए ।
काठमाडौँका लागि माइकल लेविटले ५, शंकर राणाले तीन, रासिद खानले २ रन बनाउँदा कप्तान करण केसी, नाथन सोटर र शाहब आलमले समान एक/एक रन जोडे ।
काठमाडौँले अतिरिक्त २ रन पायो ।
सुदूरपश्चिम रोयल्सको लागि नरन साउदले सर्वाधिक ५ विकेट लिए । अभिनास बोहोराले दुई विकेट हात पार्दा ब्रान्डन म्याकमुलेन र सैफ जैबले समान एक/एक विकेट लिए ।
सुदूरपश्चिम रोयल्सको यो दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको थियो ।











