लुम्बिनी लायन्सले टस जित्यो, पोखरा एभेन्जर्सविरुद्व ब्याटिङ गर्ने
वि.सं.२०८१ मंसिर २१ शुक्रवार १३:०१
1.59K
shares
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्व ब्याटिङ गर्ने निर्णय लिएको छ ।
जारी एनपिएलमा लुम्बिनी लायन्सको यो दोस्रो खेल हो । यस अघि लुम्बिनीले विराटनगर किङ्ग्ससँग २ विकेटले पराजित भएको थियो ।
त्यस्तै, जारी एनपिएलमा पोखराको यो तेस्रो खेल हो । पोखरा यसअघिका दुबै खेलमा पराजित भएको छ ।
पोखरा आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटले पराजित भएको थियो ।













