भुटानी राजा वाङचुकले गरे स्वयम्भूनाथको दर्शन
वि.सं.२०८१ मंसिर २१ शुक्रवार १३:३७
1.12K
shares
shares

काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् ।
भारतबाट स्वदेश फर्कने क्रममा आज(शुक्रबार) बिहान नेपाल आइपुगेका उनी स्वयम्भूनाथ पुगेर दर्शन गरेका हुन् ।
उनलाई स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वागत गरेका थिए ।
स्वयम्भूनाथ दर्शनपछि उनको बौद्धनाथ दर्शन गर्ने कार्यक्रम रहेको छ ।













