एनपिएल : लुम्बिनीद्वारा पोखरा सामु एक सय ७१ रनको लक्ष्य प्रस्तुत

1.46K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्स सामु जितको लागि एक सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्स सामु जितको लागि एक सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ७० रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले अविजित रहदैँ ५९ बलमा चार छक्का र दश चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए । टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए ।

लुम्बिनीको लागि आशुतोष घिरैया र उन्मुक्त चन्दले शुन्य रनमै आउट भए ।

लुम्बिनीले अतिरिक्त १० रन प्राप्त गर्यो ।

पोखराको लागि विपिन खत्रीले दुई र म्याट क्रिचलेले एक विकेट हात पारे । अहिले पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।