रविलाई मध्यरातमा पोखरा लगिएको घटनाप्रति रास्वपाको आपत्ति

676
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ ।

सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको घटनाप्रति रास्वपाले चर्को असन्तुष्टि जनाएको हो ।

प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै यो घटना सरकारको प्रत्यक्ष्ग निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएको दाबी गरेका छन् ।

जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै त्यस्तै, व्यवहार देखाइनु नेपालको संविधानविरुद्ध भएको विज्ञप्तिमा जनाइएको छ ।