दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

1.17K
shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमोदन दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा उनी पक्राउ परेका थिए । उनीमाथि अहिले अनुसन्धान भइरहेको छ ।