प्रधानमन्त्री ओली गृहजिल्लाको भ्रमणमा व्यस्त, मानव सेवा आश्रमलाई १ महिनाको तलव दिने घोषणा

1.08K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहजिल्लाको भ्रमणमा छन् । करिब २ दिन झापामा रहँदा ओलीले विभिन्न आयोजनाहरु उद्घाटनमा समय विताउनेछन् ।

यसैबीच आइतबार मेचीनगर नगरपालिका ४ आमडाँडी मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन तथा मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् ।

यस्तै उनले, प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो १ महिनाको तलब र प्रथम महिला शाक्यले २ महिनाको पेन्सन रकम दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले संयुक्त रूपमा सो उद्घाटन र शिलान्यास गरेका हुन् ।

कार्यक्रममा आश्रमका लागि २ बिगाहा ५ कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो ।