एनपीएल : सुदूरपश्चिम रोयल्सको पहिलो हार

1.01K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ ।

आज भएको दोस्रो खेलमा सुदूरपश्चिम चितवनसँग ३३ रनले पराजित भएको हो ।

चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिममा १८ ओभर २ बलमा १३१ रनमा समेटियो ।

सुदूरपश्चिमका इशान पाण्डेलले ३५ रन बनाएपनि जितका लागि प्रर्याप्त हुन सकेन । सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दीलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५, स्कट कुगेलेइनले १६ र नरेन साउदले ८ रनको योगदान दिए ।

बलिङमा चितवनका रिजन ढकाल, निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल, र अमरसिंह रौटेलाले २–२ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोड्दा रवि बोपाराले आक्रमक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए । कप्तान कुशल मल्लले १३ र बिपिन रावलले १७ रनको योगदान दिए ।

बलिङमा सुदुरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिएका थिए ।