विराटनगरले चितवनलाई दियो जितको लागि १८२ रनको लक्ष्य

1.22K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८१ रन बनाएको हो ।

विराटनगरको लागि बसिर अहमदले अविजित रहदैँ अर्धशतकीय पारी खेरे । उनले ४४ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए ।

यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामीले ३३, निकोलस किर्टनले ८ र दिपक बोहराले ४ रन जोडे ।

विराटनगरले अतिरिक्त २३ रन प्राप्त गर्यो ।

बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक २ लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक/एक विकेट लिए ।

अहिले चितवनले जवाफी ब्याटिङ गरिरहेको छ ।