एनपिएल : विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले हरायो

1.39K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले हराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३० रन मात्रै बनाउन सक्यो ।

चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन बनाएका हुन् । यस्तै, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाए ।

चितवनको लागि हसन इसाखिलले ५, दिपक बोहराले २, बासिल हमिद र सोहेल तनवीरले एक/एक रन जोडे । चितवनले अतिरिक्त ६ रन प्राप्त गर्यो ।

विराटनगरको लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए । यस्तै, क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले समान एक/एक विकेट लिए ।