बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेदेखि हेटौंडामा हुने
वि.सं.२०८१ पुस २ मंगलवार १३:३४
shares

हेटौंडा । दोश्रो संकरणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ यहीँ पुस १० गतेदेखि हेटौंडामा हुने भएको छ ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै बागमती प्रदेश फुटबल संघले लिगको टाईसिट सार्वजनिक गरिएको हो ।
हेटौंडाको क्याम्पा– पिप्ले रंगशालामा हुने प्रतियोगितामा बागमतीका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउँदै छन् ।
लिगमा नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा विजेता तथा उपविजेताले क्रमश : नगद २ लाख र नगद एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
लिगमा मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी हुनेछन् ।













