नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
वि.सं.२०८१ पुस २ मंगलवार १४:०१
shares

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा नेपालले भारत सामु जितको लागि ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदैँ ९४ रन बनाएको हो ।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् । उनले ४० बलमा तीन चौकाको मद्धतले २५ रन बनाएकी हुन् । यस्तै, एलिशा कुमारी यादवले अविजित रहदैँ २० रन बनाइन् । सो क्रममा उनले ४ चौकासमेत प्रहार गरिन् ।
नेपालका लागि साना प्रवीणले ९, सोनी पाख्रिनले ८, ज्यात्स्निका मरासिनीले ६, सावित्री धामी र रचना कुमारी चौधरीले समान तीन/तीन रन जोड्दा अनु कडायत र कुसुम गोदारले एक/एक रनको योगदान दिए ।
नेपालले अतिरिक्त १८ रन प्राप्त गर्यो ।
बलिङतर्फ भारतकी पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, आनन्दिता किशोर र मिथिला विनोदले समान एक/एक विकेट हात पारे ।
अहिले भारतले जवाफी ब्याटिङ गरिरहेको छ ।











