४ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • काठमाडौं । संघीय संसद् अन्तर्गत विभिन्न चार वटा समितिको बैठक बस्दै छ ।

    आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

    यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल,गर्ने कार्यसूची छ ।

    यसै गरी, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने छ ।

    सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दै छ । समय भने तोकिएको छैन । बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल, समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation