महिला यू-१९ एसिया कप : बंगलादेशसँग भिड्दै नेपाल

  • काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ ।

    खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुने छ ।

    मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो । भारतसँग अंक बाँडेको थियो ।

    समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

    शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ । फाइनल खेल आइतबार हुँदैछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation