महिला यू-१९ एसिया कप : बंगलादेशसँग भिड्दै नेपाल

1.82K
shares

काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ ।

खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुने छ ।

मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो । भारतसँग अंक बाँडेको थियो ।

समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ । फाइनल खेल आइतबार हुँदैछ ।