पूर्वराष्ट्रपतिका छोरा दीपेश पुनपनि सूर्यदर्शन सहकारी प्रकरणमा प्रतिवादी

1.57K
shares

काठमाडौं । पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनपनि सूर्यदर्शन सहकारी प्रकरणमा प्रतिवादी भएका छन् ।

दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ ।

पुनले श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकुल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारील वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ ।

सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिने लगायतका काम पुनले गरेको जिल्ला वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ ।