रहेनन् भारतका पूर्व प्रधानमन्त्री सिंह

1.46K
shares

काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ ।

उनको ९२ वर्षको उमेरमा दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा निधन भएको हो । उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामो समयदेखि उपचार भइरहेको थियो ।

बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ः०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो । सबै प्रयासका बावजुद उनलाई बचाउन नसएिको अस्पतालले जनाएको छ ।

सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिएका थिए ।

सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।