सकियो रवि लामिछानेको बयान

1.24K
shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेको बयान बिहीबार र शुक्रवार गरी दुई दिन लिइएको थियो ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो ।

अहिलेसम्म छविलाल जोशी, लीला पछाईं र रविको बयान सकिएको छ ।

अब नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी छ ।