त्रिवि दीक्षान्त समारोहको तयारी पूरा, १४ हजार बढी विद्यार्थी सहभागी हुने
वि.सं.२०८१ पुस १२ शुक्रवार १७:२६
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्यक्ष सहभागी जनाउने भएका छन् ।
भोलि(शनिवार) हुने समारोहमा ७४ हजार एक सय ४९ जना दीक्षित हुने विद्यार्थी मध्य १४ हजार तीन सय आठ जनाले प्रत्यक्ष सहभागी जनाउने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
उनले भने,‘हाम्रो ५० औँ दीक्षान्त समारोह आयोजना हुँदै छ । जसमा ७४ हजार एक सय ४९ जना दीक्षित हुने विद्यार्थी छन् । ती मध्य १४ हजार तीन सय आठ जना प्रत्यक्ष सहभागी हुँदै छन् । १८ हजार हजार अभिभावक र १४ हजार विद्यार्थी सहित समारोह आयोजना हुँदै छ ।’
त्यस्तै उनले समारोहमा मेडल प्राप्त गर्ने १७ जना मेडललिष्ट रहेको पनि जानकारी दिए । उनका अनुसार समारोह नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।











