विदेशमा बसेका नेपालीहरूलाई सुसंस्कार सिकाउन आवश्यक : डा. रुइत

1.35K
shares

काठमाडौं । डा. सन्दुक रुइतले देश भन्दा बाहिर बसेका नेपालीहरूलाई सुसंस्कार सिकाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रवार हेल्प नेपाल नेटवर्क नेपालको रजत जयन्ती वार्षिकोत्सवमा बेल्दै उनले सबै नेपालीले नेपालीपन मन पराउने हुँदा सुसंस्कार सिकाउन र सुशासनमा रहन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘आज नेपालीहरू नेपालमा होइन, संसारको विभिन्न देशमा छन् तर पनि सबै नेपालीहरूले नेपालीपन मन पराउँछन् । बाहिर बस्नु हुने नेपालीलाई म के भन्न चाहन्छु भने तपाईँहरूले नेपालको हरेक तहमा भएका मानिसलाई सुसंस्कार सिकाउनु, सुशासन त आवश्यक भइहाल्यो ।’