दक्षिण कोरियामा जहाज दुर्घटना, ६२ जनाको मृत्यु
वि.सं.२०८१ पुस १४ आइतवार १०:०१
1.53K
shares
shares

काठमाडौं । दक्षिण कोरियामा विमानस्थलमै भएको जहाज दुर्घटनामा ६२ जनाको मृत्यु भएको छ ।
आइतबार बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कल साइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्थाहरूले जनाएको छ ।
मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो । पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो ।
जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए । दुर्घटनामा जहाज पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने बताइएको छ ।













