दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी एक सय २४ जनाको मृत्यु (अपडेट)
वि.सं.२०८१ पुस १४ आइतवार १३:१७
1.38K
shares
shares

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अवतरणका क्रममा विमान दुर्घटनामा परी एक सय २४ जनाले ज्यान गुमाएका छन् ।
उक्त विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए ।
दक्षिण कोरियाको दमकल विभागका अनुसार यस दुर्घटनामा एक सय १२४ जनाको मृत्यु भएको हो ।
जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको थियो । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको बताइएको छ ।













