सबै बहस सकियो, आजै फैसला आउनसक्ने
वि.सं.२०८१ पुस २५ बिहीवार १५:०४
1.17K
shares
shares

काठमाडौं । रवि लामिछाने जोडिएको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा सात प्रतिवादीहरूको सबै बहस सकिएको छ ।
बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस बाँकी थियो । सरकारी वकिलले पनि बिहीबार दिउँसो १ बजे जवाफी बहस सकेपछि अब आदेश बाँकी भएको छ।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले सबै बहस सकिएकाले आजै साँझसम्म आदेश आउने सम्भावना रहेको बताइएको छ ।











