मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार हटाउन सिफारिस

2.21K
shares

जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टारलाई हटाउन सिफारिस गरेका छन् ।

कृषि विश्व विद्यालयका कुलपति समेत रहेको मुख्यमन्त्री सिंहले मंगलबार अबेर रातिसम्म बसेको सिनेटको बैठकमा मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गर्न सिफारिस गरेका हुन ।

करिब १ वर्ष अघि कृषि विश्वविद्यालयको भवन शिलान्यास जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । तर, जनमत पार्टीका नेताहरु पार्टी अध्यक्ष सीके राउतले गर्नुपर्ने भन्दै शिलान्यासका दिन जनमत पार्टी र जसपा नेपालका कार्यकर्ता बीच कुटाकुट नै भएको थियो । त्यसमा तत्कालीन शिक्षा मन्त्री महेश यादव घाइते समेत भएका थिए ।