तीनकुनेमा हवाई फायर

1.17K
shares

काठमाडौं । राजावादी समर्थकहरुको भिड अराजक बन्दै गएपछि तीनकुनेमा प्रहरीले हवाई फायर गरेको छ ।

व्यक्तिको घरमा प्रदर्शनकारीले लगाएको आगो निभाउन गएको दमकलमाथि ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । पछि हवाई फायर गरेको हो ।

त्यसपछि पनि आगो निभाउन नसकी दमकल फर्किएको छ ।

काठमाडौं तिनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।