सट्ठी बजाउँदै शिक्षकहरूको प्रदर्शन
वि.सं.२०८१ चैत २४ आइतवार १४:५४
shares

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै नेपाल शिक्षक महासङ्घले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।
माइतीघर–बबरमहल क्षेत्रमा सट्ठी बजाउँदै शिक्षकहरूले प्रदर्शन जारी राखेका हुन् । उनीहरूले शान्तिपूर्ण रूपमा नाचगान गर्दै प्रदर्शन गरेका थिए ।
आफूहरूसँग यसअघि भएका सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने महासङ्घको माग छ । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने महासंघको भनाइ छ ।
यसैबीच महासङ्घले आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ ।
आन्दोलन अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरूलाई आग्रह समेत गरेको छ । सरकारले वार्तामा बोलाए पनि महासंघले वार्ता बहिष्कार गर्दै आएको छ ।












