नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

2.21K
shares

 

११ वैशाख २०८२, काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले हिजो बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त गरेका थिए। गत वैशाख ८ मा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । पन्त एमालेका समानुपातिक सांसद हुन् ।