सिरहा अस्पतालमा बालकको मृत्युले तनावस् झडपमा १० घाइते, चिकित्सकमाथि लापरवाहीको आरोप

1.56K
shares

काठमाडौं। सिरहा अस्पतालमा बालकको मृत्युले तनावस् झडपमा १० घाइते, चिकित्सकमाथि लापरवाहीको आरोपप्रादेशिक अस्पताल सिरहामा चिकित्सकहरुको लापरबाहीले बालकको मृत्यु भएको भन्दै आफन्तजन र प्रहरीले अस्पतालमा तोडफोडको प्रयास गरेका छन् ।

त्यसक्रममा प्रहरी र बिरामीको समूहबीच झडप भएको हो । झडपको क्रममा ९ प्रहरीसहित १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, दुई दिनदेखि निरन्तर ज्वारो आएपछि आइतबार बिहान अस्पताल भर्ना भएका सिरहा नगरपालिका–६ बसविट्टाका झल्लु महराका छोरा १० वर्षीय राजन महराको साँझ ५ बजेतिर मृत्यु भएको थियो ।

राजनलाई अस्पताल ल्याउँदा दूध र बिस्कुट खुवाएर ल्याएको तर, चिकित्सकले सुई लगाउने वित्तिकै चिच्याउँदै मृत्यु भएको ठूलीआमा सोभा महराले बताइन् । त्यसपछि चिकित्सक बेवास्ताले मृत्यु भएको भन्दै परिवार तथा स्थानीयवासी आक्रोशित भएका थिए ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार, झडप नियन्त्रणमा लिन एक सेल अश्रुग्यास प्रहार गरिएको छ । आफन्तजनले प्रदर्शन गर्दै दोषी चिकित्सक र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवमाथि कारबाहीको माग गरेका छन् ।