लाओसविरुद्ध नेपालको अग्रता दोब्बर
वि.सं.२०८२ असार १५ आइतवार १९:१२
1.24K
shares
shares

काठमाडौं । नेपालले एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध अग्रता दोब्बर बनाएको छ ।
अहिले पहिलो हाफ सकिएको छ । नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले दोस्रो गोल गरिन् ।
कप्तान बनेपछि उनले पहिलो गोल गरेकी हुन् ।
यसअघि खेलको १२औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएकी थिइन् ।









