देउवाले बोलाए शीर्ष नेताको बैठक
वि.सं.२०८२ साउन ८ बिहीवार १७:४८
1.89K
shares
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
सभापति देउवा निवास बुढानीलकण्ठमा शुक्रबार विहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुुसार बैठकमा समसायिक विषयमा छलफल हुनेछ ।
बैठकमा भूमि विधेयक, निजामति विधेयकको कुलिङ अफ पिरियड लगायतमा छलफल हुनेछ ।











