भारतलाई हजार मेगावाट बिजुली बेचेर सवा ८० अर्ब आम्दानी गर्ने – प्रधानमन्त्री ओली
वि.सं.२०८२ साउन २८ बुधवार १८:२६
1.83K
shares
shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराएका हुन्।
‘हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दै छौँ, यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने छ, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।











