देउवा, ओली र प्रचण्डको एकल नश्लीय शासन प्रवृत्तिले लोकतन्त्र सबैको हुन सकेन : राजेन्द्र महतो
वि.सं.२०८२ साउन २९ बिहीवार १८:४६
1.64K
shares
shares

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले एकल नश्लीय शासन प्रवृत्तिका कारण लोकतान्त्रिक व्यवस्था सबै नागरिकको बन्न नसकेको टिप्पणी गरेका छन्।
बिहीवार जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले लोकतन्त्र स्थापन भएको ३५ वर्ष पुग्दासमेत नागरिकले आफ्नो अधिकार पाउन नसकेको बताए।
उनले लोकतन्त्रमा समेत शासनको चरित्र एकल नश्लीय हुँदा जनताले अधिकारको प्रत्याभूति गर्न नसकेको टिप्पणी गरे।
उनले अहिलेका शीर्ष तीन नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालमा समेत एकल नश्लीय शासन प्रवृत्ति हावी भएको आरोप लगाए।











