माओवादीको निष्कर्ष- बदनियत राखेर सरकारले उपसभामुखलाई हटाउन खोज्दैछ
वि.सं.२०८२ भदौ ३ मंगलवार १३:०५
1.73K
shares
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले बदनियत राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको निष्कर्ष निकालेको छ।
पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकार अधिनायकवाद बन्दै गइरहेको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले बताए।
उनले भने, ‘सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ। उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ। यो बेठिक हुन्छ।’
उनले उपसभामुखलाई हटाउन नहुने बताए। उनले थपे, सरकारको यो कदममा बदनियत देखिन्छ। त्यसैले अब अध्यक्षले सत्तारुढ र विपक्षी दलसँग पनि कुराकानी गर्नुहुन्छ।’
उनले आजको बैठकमा स्थायी कमिटी बैठकको निर्णय योजना कार्यान्वयन र कार्य विभाजन लगायत विषयमा छलफल गर्ने तय भए पनि भोलि बस्ने गरी बैठक स्थगित गरिएको बताए।













