सुन प्रतितोला ११ सय बढ्यो, कतिमा कारोबार हुँदैछ चाँदी ?
वि.सं.२०८२ माघ २८ बुधवार १३:०६
325
shares
shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा उकालो यात्रा कायमै छ । आज बुधबार पनि सुनको भाउ १ हजार १ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम छ ।
हिजो मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ प्रतितोला ५० रुपैयाँ बढेको छ । हिजो मंगलबार चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैयाँ रहेको थियो।













