प्रशासनको निषेधाज्ञामाथि राजेन्द्र लिङ्देनको प्रश्न: चुनाव विथोलिन नदिन कि आफैँ बिथोल्न ?

143
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधाज्ञाप्रति आपत्ति जनाएका छन्।  प्रशासनले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई लक्षित गर्दै लगाएको निषेधाज्ञालाई लिएर अध्यक्ष लिङ्देनले प्रश्न उठाएका हुन्।

अध्यक्ष लिङ्देनले प्रशासनको यो कदम चुनावलाई सुरक्षित बनाउने बहानामा उल्टै राजनीतिक वातावरण बिगार्न लक्षित रहेको आरोप लगाएका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भने, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफैँ विथोल्न लागेको हो? यो स्पष्ट हुनुपर्छ।’

उनले कुनै पनि व्यवस्था वा नियम संविधानको मर्म विपरीत र शासकको इच्छाअनुसार मात्र प्रयोग हुन थाले त्यसको वैधता समाप्त हुने चेतावनी दिएका छन्।