
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहकै शैलीमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन एक्सनमा उत्रिएका छन् । मेयर शाहले सुकुम्बासी बस्ती हटाउन प्रयास गरेका थिए तर त्यसमा उनी सफल हुन सकेनन् । तर ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भने सुकुम्बासी बस्ती हटाउन सफल भएका छन् । बालकुमारीदेखि च्यासलसम्म रहेका सुकुम्बासी बस्ती हटाउनमा मेयर चिरिबाबु महर्जन सफल भएका हुन् ।
ललितपुर महानगरपालिकाले बालकुमारीदेखि च्यासलसम्मको सुकुमबासी बस्ती खाली गरेको छ ।
आइतबार बिहान महानगरको नगर प्रहरी बलले सो क्षेत्रको सुकुमबासी बस्ती हटाएको हो । २१ असारमा महानगरले ७ दिनभित्र बस्ती खाली गर्न भनेको थियो ।
सुकुमबासी बस्ती खाली गराउन पूर्व सूचना दिइए पनि उनीहरूले अटेर गरी बसेकाले नगरप्रहरीले बाध्य भएर बिहान खाली गराएको महानगरले जनाएको छ । महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ९ वटा घर, टहरा निर्माण गरेर बसिरहेका बस्ती हटाइएको हो । उनीहरू करिब २५ वर्षदेखि महानगरको जग्गा हडपेर बसेका थिए ।
बस्ती छोड्नेहरूलाई आफ्नो व्यवस्थापन गर्न महानगरले पहिले नै भनेको भन्दै उनले सार्वजनिक जग्गा महानगर मातहतमा ल्याएर व्यवस्थापन गरिने महानगरको भनाई छ ।