भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार

1.39K
shares

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार भएको छ ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका हुन् ।

धेरै माननीयज्यूहरूले हदम्याद हटाउनुपर्छ भन्नुभएको छ । भ्रष्टाचारको मुद्दामा जहिले पनि अनुसन्धान हुनुपर्छ भन्ने मत छ, उनले भने, हदम्याद हटा‍इदिऊ । गृहमन्त्री लेखकले भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बन गर्ने कि नगर्ने भन्ने विषय पनि छलफल गरेर निर्णयमा पुग्नुपर्ने बताए । कसैमाथि भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बन गर्ने कि नगर्ने भन्ने विषय पनि छ । यसबारे समितिमा छलफल गरेर टुंगो लगाउनुपर्छ, उनले भने ।