फेस अफ कर्णाली याक्सका रूपमा नायिका स्वस्तिमा खड्का आबद्ध

1.09K
shares

फेस अफ कर्णाली याक्सका रुपमा नायिका स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक फेस अफ कर्णाली याक्स सार्वजनिक कार्यक्रममा उनलाई सार्वजनिक गरिएको हो ।

कार्यक्रममा स्वस्तिमाले फेस अफ कर्णाली याक्सको रुपमा आफु जोडिन पाउँदा निकै खुसी लागेको भन्दै कर्णाली याक्सले कर्णाली अझ धेरै आफ्नो पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘फेस अफ कर्णाली याक्सको रुपमा जोडिन पाउदा मलाई निकै खुसी लागेको छ । कर्णाली आफ्ना्े छुट्टै संस्कृति र पहिचानले पहिले देखि नै एकदमै धेरै धनि छ । तर, मलाई विश्वास छ अझ झनै यो कर्णाली याक्सले त्यसमा महत्वपूर्ण भस्मिका निर्वाह गर्ने छ ।’

उनले खेलकुदको समर्थक हुनका लागि प्राविधिक रुपमा जानकार नै हुनु पर्ने भन्दा देशलाई विश्वसामु चिनाउने चाहाना हुुनुपर्ने बताइन् ।

मंसिर १६ गते सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली सहित ८ टोलीको सहभागिता रहने छ ।