नेपाली यू–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।
युएईको अजमानस्थित द सेभेन स्टेडियममा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा ग¥यो ।
नेपालका लागि साना प्रवीणले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पुजा महतोले १८ बलमा ४ चौकाको मद्धतले २१ रन बनाइन् । त्यस्तै, सोनी प्राखीनले १३ तथा सावित्री धामीले १२ रनको योगदान दिइन् ।
नेपालले अतिरिक्त ५ रन प्राप्त गर्यो । यूएईको लागि मेहक ठाकुर एक्लैले दुई विकेट लिइन् ।