रोष्ट्रममा बोल्दाबोल्दै प्रधानमन्त्रीको खुट्टामा समस्या

1.39K
shares

काठमाडौं । अहिले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ ।

सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिइरहेका छन् ।

सत्ता र प्रतिपक्षी दलका सांसदहरुले उठाएका सवालमा जवाफ दिन रोष्ट्रममा रहेका प्रधानमन्त्रीको खुट्टामा समस्या देखिएको छ ।

निकै बेर उभिएर बोल्नुपर्ने अवस्थाका कारण ओली स्वयम आफ्नो खुट्टामा समस्या भएको बताएका हुन् ।

उनले भने, ‘मेरो खुट्टामा अलि समस्या देखिएको छ । आखिर बसेर बोल्ने गरिएकै छ । कुर्सी राख्न पाए हुने ।’

प्रधानमन्त्री यति भन्दै गर्दा त्यहाँ कुर्सीको व्यवस्था गरिएको छ ।

अहिले ओलीले बसेर जवाफ दिइरहेका छन् ।